Logo

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

पेटमा समस्या देखिएपछि चैत १८ गते त्रिवि शिक्षण अस्पताल महारजगञ्जमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् ।

उनको स्वास्थ्मा सुधार आएपछि डिस्चार्ज गरिएको हो ।

पौडेललाई डा. निरज बमको टोलिले विशेष निगरानीमा राखि उपचार गरेको थियो ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’,सभामुख देबराज घिमिरे, कांग्रेस सभापति शेर बहादुर देउवा,उपराष्ट्रपति रामसहाय प्रसाद यादव लगायतका नेताहरु शिक्षण अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्