Logo

बाराका जनताले साम्प्रदायिकतामा विश्रास गर्दैनन् ,मेरो जीत निश्रित छ : रमेश खरेलको दावी

आगामी बैशाख १० मा हुने बारा -२ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार एवं पूर्व डिआईजी रमेश खरेलले बारा २ का जनता निक्कै सचेत रहेको बताएका छन् ।
आज बारामा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै खरेलले बाराका जनता निक्कै सचेत रहेको भन्दै साम्प्रदायिकतामा विश्रास नगर्ने बताए ।
खरेलले मतदाताहरु शिक्षित र सचेत रहेको हुदाँ आफ्नो जीत सुनिश्रित रहेको दावी गरेका छन्।

निर्वाचित भएपछि आफ्नो सम्पर्क कार्यालय बारा -२ नै राख्ने उनले प्रतिबद्धता जनाएका छन् । उनले भने बारा जिल्ला मेरो लागि नौलो होइन, यहाँको समस्याबारे म जानकार छु । यो क्षेत्रमा शिक्षा, स्वास्थ्य र सुशासन कायम गर्नु मेरो पहिलो प्राथमिकतामा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्