Logo

चारवटा श्रीमती, दुईवटा नागरिकता, दुई करोडका कुरा यस्तो अवस्था हुँदापनि मान्छे भक्त भएर कुदिराखेका छन् : रेनु दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेमाथि चारवटा श्रीमती, दुईवटा नागरिकता र अहिले दुई करोडका कुरा आउँदापनि मान्छेहरु फेरि लामिछानेकै पछाडि भक्त भएकर कुदिराखेको आरोप लगाएकी छिन्।

चितवनको चुनावी सभालाई सम्बोधन गर्दै मेयर दाहालले रास्वपाका सभापति लामिछानेमाथि चारवटा श्रीमती, दुईवटा नागरिकता र अहिले दुई करोडका कुरा आउँदापनि मान्छेहरु फेरि लामिछानेकै पछाडि भक्त भएकर कुदिराखेको आरोप लगाएकी हुन्।

‘यसो हेर्छु, अचम्म लाग्छ…रवि लामिछानेको पछाडि मान्छेहरू यत्तिकै क्या…। त्यसमापनि महिला दिदीबहिनीहरू छन्। चार-चारवटा श्रीमती बिहे गरेको छ। दुई-दुईवटा नागरिकता छन्। अहिले त दुई करोडका कुरा पनि आइसके। सबै चिजमा छलाङ छ। उल्टो मति उल्टो गति…यस्तो खालको अवस्था हुँदाहुँदा सबै मान्छे एकदमै भक्त भएर कुदिराख्नुभएको छ,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्