Logo

‘गोर्खा वारियर्स’को प्रिमियरमा मेयर हर्क’साम्पाङ सहभागी हुने, हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने

बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा हुने चलचित्र ‘गोर्खा वारियर्स’को विशेष प्रदर्शनीमा निर्माता तथा निर्देशक मिलन चाम्सले धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई सहभागी हुनुहुने जानकारी दिए । आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी तय गरिएको जानकारी दिए ।

बुधबार निर्देशक चाम्स धरान पुगेर प्रमुख राईलाई निम्तो दिएपछि प्रमुख राईले सहभागी हुने सहमति दिए । ‘गोर्खालीको गौरव गाथा समेटिएको चलचित्रको विशेष प्रदर्शनीमा सहभागी हुन् पाउँदा म उत्साहित छु । आफ्नो अभियानलाई साथ् दिने बेलायतवासी नेपालीलाई भेटेर धन्यवाद दिन चाहेको प्रमुख राईले बताए’, निर्देशक चाम्सले भने ।

हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी भइसकेको जानकारी दिए ।

निर्देशक चाम्सले लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारी दिए । युद्धको कथामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ ।

नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्सले, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्