Logo

काठमाडौं महानगर स्वास्थ्य विभागले बन्द गरायो डा. मन्सुरको क्लिनिक

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले काठमाडौंको मैतिदेवीका डा. दिलजन मन्सुरले सञ्चालन गर्दै आएको क्लिनिक बन्द गराएको छ । डा. मन्सुरद्वारा सञ्चालित एफडीएच क्लिनिक मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्दै महानगरको स्वास्थ्य विभागको अनुगमन टोलीले आईतबार दिउँसो बन्द गराएको हो ।

एफडीएच क्लिनिकमा मोटोपना, मधुमेह, उच्च रक्तचाप लगायतका रोगको उपचार गरिँदै आएको थियो । एफडीएच क्लिनिकले आफूहरुसँग सञ्चालनका लागि सबै इजाजत हुँदाहुँदै पनि महानगरको स्वास्थ्य विभागले बन्द गराएको बताएको छ । महानगरको स्वास्थ्य विभागले मंगलबार कार्यालयमा उपस्थितिको लागि बोलाएको छ ।

एफडीएचले २०७८ साल कार्तिक २५ गते क्लिनिक सञ्चालनका लागि महानगरमा निवेदन दिएर दर्ता गराएको थियो । काठमाडौं महानगरेको दर्ता नम्बर ११७ रहेको एफडीएचले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्