Logo

धुर्मुश सुन्तलीको “म त मर्छु कि क्या हो” रिलिज

काठमाडौं – मेरी बास्सैका बादशाह धुर्मुश र सुन्तली जोडीले २ बर्ष अगाडी कोरोना कहरको समयमा आफ्ना प्रिय दर्शकलाई मनोरन्जन दिने हेतुले “म त मर्छु कि क्या हो” सिरिज निर्देशन गरेका थिए । लकडाउनको समयमा ओटिटि प्लेटफर्मको लागि बनाइएको भिडियो आज धुर्मुश सुन्तली युट्युव च्मायानलमा रिलिज गरिएको छ ।

कमेडी जनाराको यस सिरिजमा कमेडीका मुख्य पात्रहरु, सिताराम कट्टेल, कुन्न्जना घिमिरे, बुद्दी तामांग, विजय बराल, पल्पसा डंगोल जस्ता अनेकौ कलाकारहरुको अभिनय रहेको छ । बिभिन्न पात्रहरुको हाशो, ठट्यौलीको संगालो पारिवारिक कमेडी सिरिज हो “म त मर्छु कि क्या हो” ।

दर्शकले पुरै सिरिज एकैसाथ हेरेर रमाइलो लिन पाउदा झन् धेरै मनोरञ्जन हुने बिस्वासका साथ टिमले पुरै सिरिज युट्युवमा अपलोड गर्ने बिचार गरेको जानकारी गराएको छ । दर्शकले भिडियोलाई मनपराउनेमा टिम बिस्वस्थ देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्