Logo

दीपकराज भन्छन् : बालेन , हर्क र रबिलाई नै प्रतिस्पर्धी बनाउदै छन् ।

कलाकार तथा निर्माता दीपकराज गिरीले बेला बेलामा नयाँ दल र नयाँ नेताहरुको खुलेरै रुपमा तारिफ गर्दै आएका छन् । उनले तारिफ मात्र होइन् नराम्रो कामको खुलेरै विरोध पनि गरेका छन् । दीपक भन्छन् हामीलाई नयाँ दल र नेताहरुमा ठुलो आशा र भरोशा पनि छ । उनीहरुलाई पनि पुरानै दल कांग्रेस, एमाले माओवादीजस्ता विग्रिने छुट छैन भने गिरीले आज फेसबुकमा एउटा स्टाटस लेख्दै भनेका छन् । :बालेन , हर्क र रबि…
नयॉ पुस्ताका यी नेताहरू प्रति जनताको बिश्वास चुलिदो छ !त्यो राम्रो हो !तर केहि तत्वहरू यिनिहरू लाइ नै तुलना गरेर ,ट्रोल बनाएर यिनिहरू बिच नै प्रतिष्पर्धा होस भन्ने चाहेको महसूस हुन्छ !
बालेन र हर्कको कार्यकारी पद हो !
जबकि रबिको होइन, उनि अहिले काम गर्ने पदमा नै छैनन ! त्यसैले यिनिहरू बिच तुलना गर्नु भन्दा
उनिहरूले गरेको काम अनुसार ,समर्थन र सचेत गराउनु राम्रो होला … उनिहरू बिच नै प्रतिष्पर्धी भावना उत्पन्न गराउनु भनेको पूरानै प्रबृती लाइ जिताउनु हो
शुभदिन !!!

प्रतिक्रिया दिनुहोस्