Logo

गायक रोविन तामाङको अन्त्येष्टि आज

काठमाडौं, असार २४। गत मंगलबार निधन भएका गायक तथा कलाकार रोविन तामाङको आज अन्तिम दाह संस्कार गरिँदैछ ।

अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिब शरिरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिनेछ ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिए पछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ । उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्