Logo

मन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाएर गायक रविन तामाङलाई अन्तिम बिदाई गरेर

गाएक तथा कलाकार रोबिन तामाङको पार्थिव शरिरलाइृ श्रदान्जलीका लागि आज संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । आजै उनको अन्तिम संस्कार समेत गरिनेछ । स्वर्गिय तामाङको अन्तिम बिदाइका लागि श्रदान्जील दिन गायक, कलाकार नेताहरु र उनका फयानको समेत बाक्लो उपस्थित रहेको थियो ।

विभिन्न कलाकारले उनलाई संगितिका श्रादान्जली समेत दिएका छन । उनलाई श्रादान्जिल दिन पुगेकाहरु भवाविहल भएका थिए ।
६० वर्षका उमेरको उनी मंगलबार राति आफनै निवासमा मृत भेटिएका थिए । गायक तामाङका २ छोरिहरु फ्रान्समा रहेका कारण नेपाल आइपुग्न समय लागकाले आइतबार अन्तेष्टि तय भएको थियो । तमुसमुदायको परम्परा अनुसार उनको अन्तिम संस्कार शोभा भगवतिमा गरिने छ।

कार्यक्रममा मन्त्री किराँतीले मन्त्री किराँतीले श्रष्टाहरुको निधनपछि श्रद्धाञ्जलीका लागि राख्ने व्यवस्थित ठाउँ पनि नभएको भन्दै आफ्नै कार्यकालमा व्यवस्थित भवन बनाउने बताए ।
कार्यक्रममा सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाक्षेत्रले उज्ज्वल नक्षत्र गुमाएको बताउँदै सरकारको तर्फबाट श्रद्धाञ्जली व्यक्त गरिन् ।

कांग्रेस महामन्त्री गगन थापाले तामाङ समकालीन पुस्ताको चर्चित गायक भएको भन्दै उनलाई गुमाउनुपर्दा दुःखी भएको बताए । गायक तामाङको सम्मानमा उनका दुई चर्चित गीतहरु केटाकेटी र गुलाबको गाएर ट्रिब्यूट गरिएको थियो । श्रद्धाञ्जली दिन फ्यान र कलाकर्मी बिहानैदेखि नक्सालस्थित एकेडेमीको परिसरमा पुगेका थिए । संगीतकार संघ र एकेडेमीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको संगीतकार चेतन सापकोटाले जानकारी दिए ।

रविन तामाङको पार्थिव शरीरलाई आजै शोभा भगवतीमा अन्तिम संस्कार गर्ने तयारी छ । गत मंगलबार तामाङ बुढानिलकण्ठस्थित निवासमा मृत भेटिएका थिए । नेपाली रक जनराको संगीतमा उनको योगदान अतुलनीय मानिन्छ । नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमासंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाए । उपस्थित अन्य कलाकर्मीहरुले फूलमाया चढाएर तामाङप्रति श्रद्धासुमन व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्