Logo

“पशुपतिप्रसाद २ : भष्मे डन”लाई सेभेन सिजले विश्वव्यापी रिलिज गर्ने, बिदेशी चलचित्र जस्तै गरि नेपाली चलचित्र रिलिज

काठमाडौं – चलचित्र “पशुपतिप्रसाद २ : भष्मे डन”लाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले विश्वव्यापी रिलिज गर्ने भएको छ । निर्माण कम्पनी टुकी आर्ट्स र सेभेन सिज बीच सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बिदेशका शानदार सिनेमा हलहरूमा बिदेशी चलचित्र जस्तै नेपाली चलचित्रहरूको पोष्टर टांसियोस,हलहरूमा प्रचार सामाग्रीहरू देख्न पाइयोस र ट्रेलरहरु घन्कियोस भन्ने नेपालीहरूको चाहना र सोचले अहिले मूर्तरूप पाएको छ । नेपाली चलचित्रको बजार अष्ट्रेलिया, अमेरिका, जापान,क्यानडा जस्तो देशमा पनि नेपाली चलचित्रहरुले ठाउँ पाउनु ठुलो कुरा हो । पहिले नेपाली चलचित्र चलाउनुपर्ने हुदा विशेष शो आयोजना गरेर देखाई थियो ।


सम्झौतापछि टुकी आर्ट्सले प्रेस वक्तव्य जारी गर्दै ‘भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुने जनाएको छ । ‘यो कुराले समग्र नेपाली चलचित्र उद्योगलाई नै माथि उठाउन राम्रो भूमिका खेल्ने कुरामा दुईमत छैन,’रमेश ढकालले भने ।

सम्झौताअनुसार सेभेन सिजले अमेरिकी चेनहरु रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिससहित केही स्वतन्त्र सिनेमा घरमा प्रदर्शन हुने जनाएको छ । अमेरिकामा मात्र १२ सय शो हुने उल्लेख छ । क्यानडामा १५० शो हुने जनाइएको छ ।

अष्ट्रेलियामा इभेन्ट, होइट्स, रिडिङ, रेगल, भिलेज, लाइम, युनाइटेड, ओडेन सिनेमा चेनमा ५०० शोसहित फिल्म प्रदर्शन गर्ने जनाइएको छ । मध्यपूर्वमा भक्स सिनेमा, स्टार सिनेमा, नोभा सिनेमा, रोयल सिनेमा र सिनेको सिनेमा चेनमा ७५० शो गर्ने तयारी भएको उल्लेख छ ।

मध्यपूर्वको निप फिल्म्स, अष्ट्रेलियाको जानवी इन्टरटेनमेन्ट र अमेरिकाको नेपाल एलेभन इन्टरटेनमेन्ट मिलेर सेभेन सिज कम्पनी स्थापना गरेका हुन् । कम्पनीले अबदेखि नेपाली फिल्मलाई विश्वव्यापी प्रदर्शन गर्नेदेखि नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा भूमिका खेल्ने लक्ष्य लिएको सेभेन सिजका रमेश ढकालले जानकारी गराए ।

लामो समयदेखि मध्यपूर्वमा फिल्म वितरण गर्दै आएका ढकालले सेभेन सिजनले विश्वव्यापी वितरणमा ८० प्रतिशत हिस्सा ओगट्ने बताए । कम्पनीकै अर्का प्रतिनिधि विनोद पौडेलले पनि लामो समयदेखि अष्ट्रेलियामा नेपाली फिल्मको रिलिज गर्दै आइरहेका छन् । सेभेन सिजले अष्ट्रेलियालाई नेपाली फिल्मको वृहत बजार बनाउन प्रयत्न गर्ने पौडेलले बताए । पौडेलले थपे नेपाली चलचित्र राम्रो भए चलाउने जिम्मेवारी हामी लिन्छौ । हामीले नेपाली चलचित्र विश्व बजार लाग्ने सकेको छैनो । विदेशमा ८० प्रतिशत हिस्सा ओगट्ने बताए ।

यसबाहेक ‘भष्मे डन’लाई जापानको होक्काइदो, नारा र नागोयाको मीडल्याण्ड स्क्वायर सिनेमामा १०० शोसहित प्रदर्शनको तयारी भइरहेको जनाइएको छ । साथै भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा दशैंको फूलपातीको दिनमा फिल्म रिलिज गर्ने जनाइएको छ ।

“पशुपतिप्रसाद २ : भष्मे डन”लाई दीपेन्द्र के खनालले निर्देशन र खगेन्द्र लामिछानेले निर्माण गरेका हुन् । फिल्ममा विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका छ । यस चलचित्रका निदेशक दीपेन्द्र के खनालले भने चलचित्रको बजार विस्तार भए पो चलचित्र निर्माण गर्न मन लाग्छ । अब चलचित्रहरुले ठाउँ पाउदै गर्दा मनमा खुशी आउदै छ ।

प्रतिक्रिया दिनुहोस्