Logo

गृहमन्त्री नारायणकाजीले बालेनसँग डिनर मिटिङ गरेपछि माओवादी नेताको गुनासो

काठमाडौं, २४ असार । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँग डिनर मिटिङ गरेका छन् । सो भेटवार्ताबारे उपप्रधानमन्त्री श्रेष्ठले नै सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले सो भेटवार्तामा देश र जनताका मुद्दाहरुमा महत्वपूर्ण छलफल भएको उल्लेख गरेका छन् । र, आगामी दिनमा पनि छलफललाई निरन्तरता दिने समझदारी बनेको उनको भनाई छ ।

उनले लेखेका छन्-“हिजो काठमाडौं महानगरपालिकाका प्रमुख वालेन शाहसँग साथै खाना खादै देश र जनताका मुध्दाहरुमा महत्वपुर्ण छलफल भयो।उहाँको टीमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी हुनुहुन्थ्यो।छलफललाई निरन्तरता दिने समझदारी बनेको छ।देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो ।”

तर, माओवादीकै युवा नेता रामप्रसाद सापकोटा दीपशिखाले भने पार्टीभित्रै बालेनजस्ता युवाहरु रहेको भन्दै तिनलाई स्थापित गर्न सुझाव दिएका छन् । उनले नारायणकाजीलाई बाबुरामलाई जस्तै आफूबाहेक माओवादी केही होइन भन्ने नलागोस भन्ने चेतावनी दिएका छन् ।

उनले लेखेका छन-“राम्रो काम गरेर वाहावाही हुनुभएको छ । बाबुरामलाई जस्तै आफु बाहेक माओवादी केहि होईन भन्ने नलागोस् । पार्टी पनि सॅगसॅगै बनाउन लाग्नुहोस् ( शुभकामना १ बालेनहरू पार्टीभित्रै र बाहिर पनि छन् । तिनलाई बालेनका रूपमा स्थापित गर्नुहोस । बालेनसॅग खाना खानु भएछ खुशि लाग्यो, पार्टीभित्रका युवाहरूसॅग बसेर कहिलेकॅहि कालो चिया खानुहोस् ! युवाहरू खुश हुन्छन् !”

प्रतिक्रिया दिनुहोस्