Logo

प्रदीप भट्टराइको चलचित्र “महाजात्रा” निर्माणको घोषणा

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र “जात्रा”को तेश्रो श्रृङख्ला निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले औपचारिक रुपमा आज पोष्टर सार्वजनिक गर्दै चलचित्रको तेश्रो श्रृङ्खलाको रुपमा “महाजात्रा” निर्माणको घोषणा गरेको हो ।

प्रदीप भट्टराइको लेखन तथा निर्देशनमा तयार हुने यो चलचित्रमा म्याक्स् दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहनेछ । चलचित्रमा रविन्द्र सिंह बानियाँ कलाकार तथा कार्यकारी निर्माताको रुपमा छन् ।

यो चलचित्रमा ‘जात्रा र जात्रै जात्राका मुख्य कलाकारहरु विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा र वर्षा राउतले नै अभिनय गर्नेछन् । तर, चलचित्रको तेश्रो सिरिजमा बरिष्ठ कलाकार हरिवंश आचार्यको प्रवेश भएको छ । योसँगै विपिन कार्की र हरिवंश आचार्य जस्ता कलाकारहरुलाई एकसाथ पर्दामा हेर्न चाहने दर्शकको चाहना पुरा भएको छ ।

‘आँखा लाइस् कि जुत्ता खाइस्’, ‘सत्य डग्दैन, झुटो टिक्दैन’ जस्ता संवादहरु प्रयोग गर्दै एक ट्रक भरि पैसा राखेर यसको फस्टलुक सार्वजनिक गरेको छ । जसले, दर्शकमा अझै उत्सुकता बढाएको छ । यो चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । चलचित्रलाई यो बर्षको चैत्र ९ गतेबाट रिलिज गरिने निर्माणपक्षले घोषणा गरेको छ । चैत्र ९ मा रिलिज गर्दा नयाँ बर्षको बिदाको समेत फाइदा लिन सक्ने सोच निर्माणपक्षमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्