Logo

छोरा सारुक ताम्राकराको बियोगमा वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा आज निधन

काठमाडौँ । वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा आज ३ बजेर २० मिनेटमा निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् ।


असार २१ गते छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । निरौलाका अनुसार आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो । अहिले अस्पतालमा आफन्तहरु र कलकारहरुको बाक्लो उपस्थित रहेको छ ।

सानु ताम्राकारले थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए । उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका चलचित्रमा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्