Logo

नारायणकाजीलक्षित रविको खरो टिप्पणी-बाचुन्जेल गृहमन्त्री खानुहोस मुबारक

काठमाडौं,९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकराको रेसमा नभएको प्रष्ट पारेका छन् । सोमबार नारायणगढ बुटवल सडक-खण्डको स्तरोन्नती समयमै सक्न माग गर्दै रास्वपाले सुरु गरेको दबाबयात्राको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो दावी गरेका छन् ।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सरकार स्वयंले सुन तस्करीको संरक्षण गरिरहेकोसमेत दाबी गरेका छन् । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठसामु आफुले प्रर्याप्त प्रमाण पेश गर्दासमेत सुन तस्करीमा संलग्नलाई कुनैपनि कारबाही नभएको दाबी गरेका हुन् ।

गृहमन्त्रीजीले उहाँलाई मन्त्रालय तान्नुभयो छानबिन गरेजस्तो गर्नुभयो सकियो त्यसपछि। उहाँ (गृहमन्त्री) लाई त त्यो अनुसन्धान प्रहरीतिर ल्याउनु थियो। उहाँहरु मान्छेलाई सायद जोगाउनु थियो होला। अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला। तपाईँको सरकार तपाईँलाई मुबारक। म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन ।

लामिछानेले पत्रकारसँग कुराकानी गर्दै आफूमाथि आक्रमणको प्रयास हुँदा पनि गृह प्रशासनले एकपटक पनि नसोधेको गुनासो गर्दै उनले योजनाबद्ध ढंगले आफूमाथि प्रहार भइरहेको आरोप लगाए । ‘चौथो ठूलो दलको नेतामाथि प्रहार हुँदाखेरि देशको प्रशासनले, गृहमन्त्रीले, गृह प्रशासनले एकपटक एउटा कन्सर्न राख्नुपर्ने होला नि त रु छैन, किनकि सब चिज योजनाबद्ध छ,’ लामिछानेले भने ।

लामिछानेले आफू उपप्रधान तथा गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्र छाप्ने काम विदेशीलाई दिएर भ्रष्टाचार गरेको भन्दै मिडियामा समचार आएपछि गृहमन्त्रीले छानबिन समिति बनाए पनि हालसम्म ताकेता गर्दापनि समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् । उनले आफू अब प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कुनैपनि सम्भावना नरहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बाचुञ्जेल मन्त्री बन्न सुझाव दिएका छन् ।

मलाई त्यसमा कुनै चासो छैन । तपाईँ सम्हाल्नुस् । अहिले मात्रै होइन बाचुन्जेल गृहमन्त्री खानुहोला । भलै तपाईँलाई गृहमन्त्री बन्नको लागि चुनाव हारे पनि जित्नु परेन तर म यो देशको सबैभन्दा धेरै मत ल्याएको सांसदको हैसियतले भन्न चाहन्छु गृहमन्त्रीज्यू तपाईँ आफ्नो मान्छेहरूलाई जोगाउनुहोला ।

प्रतिक्रिया दिनुहोस्