Logo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच आज पार्टी कार्यालय भेटघाट ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङ्बीच आज पार्टी कार्यालय वनस्थलीमा भेटघाट भयो ।

प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, प्रतिनिधि सभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता रहेको सो भेटघाटमा रास्वपाले सम्पन्न गरेको ३ दिने दबाब यात्रा (पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम) का विषयमा कुरा भएको छ ।

निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको छ। थप ढिलाइ नहुन चलिनु पर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भयो। आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत साेङले प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्