Logo

गगनको कटाक्ष– भगवान प्रश्नभन्दा माथि छन्, लुटे पनि सहनुपर्ने दिन आयो

काठमाडौं चैत्र १५ । कांग्रेस महामन्त्री गगन थापाले रास्वपा नेतृत्वमाथि प्रश्न गर्न नपाउने प्रवृत्ति रहेको भन्दै टिप्पणी गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको नाम नलिइकन उनीहरु प्रश्न भन्दा माथि रहेको उनले बताए ।

संवाद यात्रा पुनः सुरु गरेका महामन्त्री थापाले नवलपरासीमा विहीबार बोल्ने क्रममा कांग्रेसमा सभापतिलाई प्रश्न उठाउन सकिने बताए ।

उनले भने, ‘नेकपा एमाले कस्तो पार्टी बन्यो, हेर्नुस् त पार्टीको अध्यक्षलाई कसैले पनि प्रश्न गर्ने नपाउने । पार्टीको अध्यक्ष बा मुनि मात्रै अरु हुने । बा प्रश्न भन्दा माथि ।’

रास्वपाका सभापति लामिछानेलाई संकेत गर्दै थापाले नयाँ पार्टीमा अध्यक्ष भनेको भगवान जस्तै रहेको बताए ।

थापाले भने,‘भगवनालाई चाहिं प्रश्न गर्न नपाउने । भगवानले ठगेपनि हुने । भगवानले लुटेपनि हुने । भगवान चाहिं प्रश्न भन्दा माथि ।’

कांग्रेसमा प्रश्न भन्दा बाहिर कोही नरहेकाले छलफल र बहस गर्न पाइने महामन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्