Logo

टुङ्गियो संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश

काठमाडौं– सहकारीको ठगीबारे छानबिन गर्ने संसदीय समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच चार बुँदे सहमति भएको हो ।

छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारस्थित कानुन मन्त्रालयमा मंगलबार दिउँसो बसेको बैठकमा संसदीय समितिको ४ बुँदे कार्यादेश टुंगो लगाएको हो ।

कार्यदलले संसदीय छानबिन समितिको कार्यादेश बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ। अब दलहरूले समितिमा रहने सांसदको नाम संघीय संसद सचिवालयमा बुझाउनेछन्।

कार्यादेशमा संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने जस्ता विषयमा सहमति भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्