Logo

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा मोडेल अनिता लिम्बु

काठमाडौं– हालसालै सम्पन्न विश्व प्रसिद्द कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा मोडल अनिता लिम्बुले सहभागिता जनाएकी छिन् ।

नेपाल बाहिर लन्डनबाट यस बर्ष मोडेल अनिता लिम्बु कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेकी हुन् । लन्डनमा हुने धेरै फेशन शोहरु देखि चर्चित टेलिभिजन रियालिटी शोसम्म सहभागिता जनाइसकेकी इटहरी, सुनसरकी मोडेल अनिताले धेरै नेपाली म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।

हरेक बर्षको मे महिनामा फ्रान्सको कान्स शहरमा संसारकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’ आयोजना हुने गर्छ । यो फेस्टिभल फिल्मसंग सम्बन्धित व्यक्तित्वका लागी निकै चासोको रुपमा रहने गर्छ।

यस वर्ष कान्स फिल्म फेस्टिभलमा कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले समेत सहभागीता जनाएका थिए । यसअघि नेपालबाट नायिकाहरु प्रियंका कार्की , सुरक्षा पन्त लगायत पनि कान्सको रेड कार्पेटमा हिँडिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्