Logo

नेपाली क्रिकेट टोलीको हौसला बढाउन एमाले अध्यक्ष ओलीले ल्याए नयाँ गीत

काठमाडौं– जुन १ बाट सुरु हुन लागेको टि–२० विश्वकपमा नेपाली टोलीलाई हौसला दिनका लागि नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलीले नयाँ गीत ल्याएका छन् । गीतकार केपी शर्मा ओली रहेको ‘चान्स पायो कि नेपालीले गर्छ’ बोलको गीत बिहिबार सार्वजनिक भएको छ ।

गीतमा नेपाली क्रिकेट टोली र समर्थकको सम्बन्धबारे उल्लेख गरिएको छ । गीतमा एमाले अध्यक्ष ओलीको शब्द रहेको छ भने पृथ्वी खनालले संगीत भरेका छन् । गीतमा पृथ्वी खनालका साथै आर सी रिमाल र शाहस शाक्यले स्वर दिएका छन् । गीत गायक खनालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा २०७५ मा भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीले क्रिकेटर सन्दीप लामिछाने आइपिएल खेल्न लागेको बताइरहेको भिडियोसमेत समावेश गरिएको छ । यस्तै गीतमार्फत नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान इन्दु बर्मा, पूर्व मिस इन्टरनेसनल निती शाह, गायकहरु आरसि रिमाल, अस्मिता अधिकारी, पृथ्वी खनाल, मेलिना राइ लगायतले नेपाली क्रिकेट टोलीलाई विश्वकप खेलको लागि शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्