Logo

पोखराको श्रमाधान रोजगार मेलामार्फत तीन सयभन्दा बढीले रोजगारी पाउँदै

पोखरा– गण्डकी प्रदेशको पोखरामा भएको श्रमाधान रोजगार मेलामार्फत रोजगारदाताले तत्कालै साढे तीन सय जनालाई रोजगारी दिने भएका छन् । मेलामा स्टल राखेका रोजगारदाताले रोजगारी दिने पदबारे लिखित जानकारी दिएको र योग्य कामदारलाई तत्काल रोजगारी दिने आयोजकले जनाएको छ ।

मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सिजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैङ्क, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासङ्घ, होटल सरोवर, नेपाल उद्योग परिसङ्घलगायतका कुल ४२ स्टलहरू थिए ।
सोमबारदेखि मंगलबारसम्म चलेको मेलामा श्रमाधानका बहुआयामीक पक्षबारे सम्वाद समेत भएको थियो । दुईदिनसम्म चलेको मेलामा पहिलो दिन श्रम आप्रवासन, कानुनी प्रकृया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अबसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा संवाद भएको थियो ।

त्यस्तै मंगलबार शिक्षा र रोजगारी बीचको सेतुः कार्यस्थलमा सिकाईको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाठा विषयमा संवाद भएको थियो ।

कोशी प्रदेशको विराटनगरबाट सुरू भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशमा पुगेर सकिनेछ। मेलाले विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्त्वपूर्ण मानिने श्रम मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्