Logo

सुनको मुल्यको फेरी अर्को नयाँ रेकर्डः प्रतितोला एक लाख ४५ हजार

काठमाडौं– सुनको मुल्यले फेरी नयाँ रेकर्ड राखेको छ । बिहिबार नयाँ रेकर्ड बनाउँदै प्रतितोला एक लाख ४४ हजार रुपैयाँ पुगेको सुनको मुल्यले शुक्रबार पुनः रेकर्ड तोडेको हो । आज छापावाला सुनको मुल्य एक लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

यस्तै तेजावी सुनको मुल्य हिँजो एक लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।

सुनको मुल्यले नयाँ रेकर्ड बनाउँदा आज चाँदीको मुल्य पनि बढेको छ । बिहिबार एक हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीमा ५० रुपैयाँ वृद्धि हुँदै आज एक हजार नौ सय रुपैयाँ पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस्