Logo

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा शोभा पाठक पक्राउ

काठमाडौं– सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा धादिङकी शोभा पाठकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार ललितपुरको पुल्चोकबाट नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा पक्राउ गरिएको ब्युरोले जनाएको छ। अहिले उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ।

उनले नेकपा (एमाले)का नेता महेश बस्नेतविरूद्ध यौन शोषण र बलपूर्वक भ्रुणहत्याको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्। तर, प्रहरी र सरकारी वकिलले बस्नेतविरुद्ध मुद्दा चल्न सक्ने आधार नदेखिएको भन्दै फाइल तामेलीमा राख्ने निर्णय गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्