Logo

आफन्तको मृत्युमा महिलाले औंला काट्ने,यो कस्तो परम्परा ?

 

संसार जति सुकै परिवर्तन भए पनि विश्वमा येस्ता धेरै देश हरु छन् जहाँ देश तथा सभ्यताहरुमा आज पनि धेरै पुरानो पुरानो मान्यताहरू मान्दै आएका छन्। त्यस्ता धेरै परम्पराहरु छन् जुन हेर्दै अचम्म लाग्दा र कहिँ परम्पराहरु डरलाग्दा पनि हुन्छन। हुन त अरु मानिसहरुलाई येस्ता रितिरिवाज हरु अचम्म वा बिचित्र लग्न सक्छ तर सम्बन्धित आदिवासी तथा समुदायका लागि भने ती परम्पराहरू विशेष हुने गर्छ।

मृतकको सम्मान को लागि महिला हरु आफै आफ्नै औंला रेट्ने गर्छन। यो प्रथा को उद्देश्य भनेको आफ्नो प्रियजनलाइ गुमाउँदा कति दुख कस्ट हुन्छ भनेर दर्शाउनु हो। यो समुदाएको महिलाहरुले आफ्नो जीवनकाल मा आफ्ना विभिन्न औंलाहरु काटेका हुन्छन्। डेलीमेलका अनुसार सिंगापुरका फोटोग्राफर तथा आइटी इन्जिनियर तेह हान लिनले चार दिनसम्म उक्त आदिवासी समुदायका विभिन्न तस्वीरहरु खिचेका छन् ।

उनी भन्छन्-दानी समुदाय निकै अनौठो आदिवासी समुदाय रहेको छ । उनीहरूको जीवन जीउने तरिका अरु को भन्दा आलग नै छ। पुरुषले यौनांग छोप्नका लागि लगाउने विशेष वस्त्र पनि अनौठो हुन्छ। उक्त समुदाय कहिले लोप हुन्छ थाहा छैन, त्यसैले मैले यो वर्ष उनीहरूसँग भेट्ने निधो गरेको हु ।

 

प्रतिक्रिया दिनुहोस्