Logo

गाउँ जान्छु भन्दै दोलखा गइन् अनी तामाकोशीमा हाम फालिन्

Screenshot

दोलखा– शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । भिडियोमा दोलखाको तामाकोशी बजारमा रहेको नयाँपुल छेउमा एकजना महिला हिँड्दै नदीतिर गइरहेकी छिन् । उक्त भिडियो माथि बजारबाट खिचिएको छ, उनलाई बजारबाटै नदीको किनारमा नजान र रोकिन मानिसहरुले आग्रह गरिरहेका छन् । उनी कसैको कुरा नसुनि नदीको किनारमा जान्छि । उनी एकैछिन नदीलाई हेर्छिन् र बिस्तारै नदिमा पस्छिन् । उनको पछि पछि गएको युवक नदीको किनारमा पुग्छन् तर वर्खाले बगाएको पानीसँगै ती महिलालाई एकैछिनमा नदीले बगाउँछ र बेपत्ता पार्छ ।

उक्त भिडियोमा वेपत्ता भएकी महिलाको परिचय खुलेको छ । उनी दोलखाको मेलुङ गाउँपालिकास्थित भेडपुकी अन्दाजी ६५ वर्षीया माया भनिने ओमा कुमारी तामाङ भएको पुष्टी भएको हो ।ओमा कुमारी तामाङ ९माया० भएको पुष्टी भएको छ ।
माया श्रीमान र छोराहरुसँग काठमाडौंको नयाँ बस्ती बस्थित् । शनिबार नै उनी गाउँ जाने भन्दै दोलखा गएकी थिइन् । दोलखाको तामाकोशी पुगेपछि बस रोकियो । बस रोकिएपछि उनी बसबाट अरु यात्रुसँगै तामाकोशी बजारमा झरेकी थिइन् ।

दिउँसो करिब तीन बजेतिर सँगै यात्रा गरिरहेकाहरुले बसमा जाऔँ भन्दा बजारमा केही काम छ भनेर उनी तामाकोशीमा नै रोकिएकी थिइन् । बसबाट झरेर तामाकोशी बजारमा केहीबेर बसेकी महिला करिव ३ बजे एक्कासी तामाकोशी पुल नजिकै नदी किनारमा गएर नदीमा हाम फालेको स्थानीयले बताएका छन् । मायाको मानसिक अवस्था पनि स्वस्थ नरहेको परिवारले बताएको छ ।

महिला नदीमा हामफालेको खवर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरिक्षक शत्रुधनकुमार महतोको कमाण्डमा खोज तथा उद्धारका लागि टोली खटिएको छ । साथै किरातीछाप, किर्नेटार र प्रहरी चौकी छौँडेबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी कार्य जारी राखेको दोलखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्