Logo

गायिका बबिता बानियाँ ‘जेरी’ अस्पतालमा भर्ना

काठमाडौं– लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी चार दिनअघि चिरायु हस्पिटल भर्ना भएकी हुन्।

ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल जाँदा एकसाथ धेरै स्वास्थ्य समस्या देखिएपछि भर्ना हुनुपरेको बबिताले बताइन्। टन्सिल, छाती र ब्लडमा इन्फेक्सन, सुगर लगायतका समस्या देखिएको र स्वास्थ्य सुधार हुँदै गएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्