माओवादीसँग पार्टी एकताको अन्तिम तयारीमा विप्लप
काठमाडौं– नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताको लागि निर्णायक कदम चाल्नेगरि गृहकार्य थालेका छन्। निकै लामो समयदेखि माओवादी केन्द्र र नेकपाबीच एकताको चर्चा चल्दै आएको छ ।
अहिले माओवादी केन्द्र सरकारबाट बाहिरिएको बेलामा अध्यक्ष प्रचण्डले पनि नेकपासँग एकताको लागि मन बनाएका छन् । पछिल्लो समय विप्लवले प्रचण्डसँग निरन्तर भेटवार्ता जारी राखेका छन् । अहिले समाजवादी मोर्चाको संयोजकको रुपमा समेत विप्लवले काम गरिरहेका छ्न ।
माओवादीसँग एकता गर्नेगरि निर्णय लिनको लागि विप्लवले पार्टीको स्थायी कमिटी बैठक डाकेका छन् । माओवादी केन्द्रको पनि पदाधिकारी बैठक सकिएको छ । यही साउन २५ गते स्थायी कमिटी बैठक बोलाईएको छ । त्यसअघि नै नेकपाले माओवादीसँग एकता गर्नेगरि निर्णय लिने बुझिएको छ ।