घाइतेको उपचारप्रति भारतीय राज्यमन्त्री सन्तुष्ट

936
Shares

काठमाडौं– भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मर्स्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरूको उपचारप्रति सन्तोष व्यक्त गरेकी छन् ।

शुक्रबार भारतीय पर्यटक सवार बस बिहान करिब साँढे ११ बजे सडकमा अनियन्त्रित भई मर्स्याङ्दी नदी किनारामा दुर्घटना भएको थियो । दुर्घटनामा परि २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । उनीहरूको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

सो घटनापछि शनिबार नेपाल आएकी भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले शिक्षण अस्पताल पुगेर घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएकी हुन् ।