Logo

बिरामी बोकेको एम्बुलेन्स दुर्घटनाः तीन जना घाइते

काठमाडौं– पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । पर्वतको अर्मादीमा भएको उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।

बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको हो । ग १ झ ६९५ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो करिब ४ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा सवार तीनै जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्