संविधान दिवसको अवसरमा ‘नेशनल डे कन्सर्ट’, सहभागी हुन सरकारको म्यासेज

576
Shares

काठमाडौं– संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ हुँदैछ। उक्त कार्यक्रममा आउन सरकारले मोबाइलमा म्यासेज पठाएर निम्तो दिएको छ।

‘असोज ३ गते दिउँसो ४ बजे दरबारमार्ग जाऔं, नागरिकस्तरबाट आयोजित नेशनल डे कन्सर्टमा सहभागी बनौं’ भन्दै मोबाइलमा सरकारले म्यासेज पठाएको हो ।

दरबारमार्गमा आज अपराह्न ४ बजेदेखि नै विभिन्न फुड स्टलहरू राखिनेछ। अपराह्न ५ बजेदेखि भने कन्सर्ट सुरू हुनेछ। विशेषगरी युवा लक्षित कार्यक्रममा एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिनेछन्।

गायक स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, सुगम पोखरेल, अन्तरा ब्यान्ड, दिपक लिम्बू, आनन्द कार्की, कुन्ति मोक्तान, देविका बन्दना, सुवानी मोक्तान लगायत कलाकारहरूले प्रस्तुती दिँदैछन् ।
कन्सर्ट बेलुकी ७ बजेसम्म चल्नेछ । बेलुकी ७ बजेदेखि भने अतिशबाजी गरिनेछ।