सहकारीको अबौँ रकम अपचलन आरोपमा पक्राउ ढोरपाटनका मेयरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

864
Shares

काठमाडौं– सहकारीको बचत रकम ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका देवकुमारलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । सोमबार वयान भएको अदालतमा मंगलबार थुनचेक बहस भएको थियो ।

ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका देवकुमारलाई बचतकर्ताको उजुरीको आधारमा गत वर्षको जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका मेयर नेपाली १६ महिनापछि पक्राउ परेका हुन । उनीविरुद्ध दुई अर्ब बढी बचत रकम अपचलन गरेको आरोप रहेको छ ।