काठमाडौं– फ्रान्सका दुई किशोरीले आत्महत्या गरेपछि सात परिवारले एकैपटक सामाजिक सञ्जाल टिकटकविरुद्ध मुद्दा दायर गरेका छन् । किशोरीहरुले टिकटकका कारण आत्महत्या गरेको आरोप लगाउँदै उनीहरूले फ्रान्सको पेरिसस्थित क्रेटेल न्यायिक अदालतमा मुद्दा दायर गरेका हुन् ।
सामूहिक रुपमा एकैपटक सामाजिक सञ्जाल टिकटकविरुद्ध मुद्दा दायर गरिएको यो युरोपकै पहिलो घटना रहेको बताइएको छ । समाचार संस्था एएपीका अनुसार आत्महत्या गरेका दुवै किशोरीहरू १५ वर्षका थिए ।
टिकटकको एग्लोरिदमले आत्महत्या, आफैंलाई हानि पुर्याउने व्यवहार, खानपिन सम्बन्धी विकार लगायतका भिडिओ देखाउँदा आफ्ना छोरीहरूले त्यस्तो कदम चालेको किशोरीका अभिभावकहरूले आरोप लगाएका छन् ।
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम जस्तै टिकटकका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव परेको आरोप लाग्दै आएको छ । तर टिकटकले भने यस्ता आरोपलाई गलत र भ्रामक भनेर खण्डन गर्दै आएको छ । साथै कम्पनीले बालबालिकाको मानसिक स्वास्थ्यको सुरक्षा सुनिश्चित गर्न विभिन्न उपायहरूमा लगानी गरेको जनाएको छ ।
प्रतिक्रिया