कस्तो छ ‘ह्रस्व दीर्घ’को बुकिङ ?


नायिका नीता ढुंगानाले पहिलो पटक निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ भोलिबाट रिलिजमा आउँदैछ । ‘पुर्ण बहादुरको सारङ्गी’को दबदबाको बिचमा रिलिजमा आउन लागेको यो फिल्मले नीताको लगानी उठाउन मात्र १४ करोडको ग्रस कलेक्शन नेपाली बक्स अफिसमा गर्नुपर्नेछ । यो फिल्मलाई ६ करोडको बजेटमा चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

हरिहर अधिकारीको कथा रहेको फिल्ममा नेपाली र भारतीय गरी एक दर्जन बढी कलाकारहरुको अभिनय छ ।

फिल्म ‘ह्रस्व दीर्घ’ले कस्तो ओपनिङ गर्ला ? आम मानिसहरुको चासो यतिबेला यही छ । यो फिल्मको बुकिङ सन्तोषजनक छ । केही भेगमा फिल्मको बुकिङ सुखद छ भने केही भेगमा फिल्मको बुकिङ औषत छ ।

नेपालको पुर्वी जिल्लामा फिल्मको बुकिङ सुखद देखिएको छ । काठमाडौंका केही हलमा सुखद त केही हलमा औषत बुकिङ फिल्मको छ ।

हरिहर अधिकारी, नीता ढुंगाना, प्रदिप राउत, ब्रम्हानन्दम, विपना थापा, संचिता लुइटेल, प्रशान्त ताम्राकार, गरिमा शर्मा, रेखा थापा, सुनिल वर्मा, अली लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मको ट्रेलरलाई दर्शकले मन पराइसकेका छन् । फिल्मको बलियो वर्ड अफ माउथले नै यसको लगानी सुरक्षित गर्ने बाटो तय गर्नेछ । कविरलाल यो फिल्मका छायांकार हुन् ।