नायिका उपासना सिंह ठकुरीको हातमा नयाँ फिल्म परेको छ । उनले, सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको फिल्म ‘कर्मा’मा काम गर्ने पक्का भएको छ ।
यो फिल्मको छायांकन मंसिरको २० गतेबाट सुरु हुँदैछ । फिल्ममा उपासनाले नायक विपिन कार्कीसँग जोडी बाँध्ने पक्का भएको छ । फिल्ममा खलपात्रको भूमिकामा कलाकार मुकुन भुषालले काम गर्नेछन् ।
यो फिल्मलाई नयाँ बर्षको छेको पारेर चैत्रको २९ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । विपिन र उपासनाले पहिलो पटक पर्दामा काम गर्न लागेका हुन् । फिल्म ‘खुस्मा’ चलेपछि उपासना दंग छिन् ।
यो फिल्मलाई बसन्त लम्सालले निर्माण गर्दैछन् । फिल्मका लागि विपिनले ८ केजी तौल समेत बढाएका छन् । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्ममा एक्सन, रोमान्स, कमेडी, लभ सबै कुरा हुनेछ । पूर्ण रुपमा कमर्सियल फिल्म बनाउने तयारी सौरभको छ ।
प्रतिक्रिया