होम प्रोडक्सनको ३ वटा फिल्ममा काम गरेपछि नायिका सुहाना थापाले घर बाहिरको पहिलो फिल्म साइन गरेकी छिन् ।
उनले, कथाकार गुरुप्रसाद मेनालीको कृति ‘परालको आगो’मा आधारित रहेर बन्न लागेको फिल्म ‘परालको आगो’ साइन गरेकी हुन् । यो फिल्मलाई लक्ष्मण सुनारको निर्देशनमा सुशिल पोखरेलले निर्माण गर्दैछन् ।
यो फिल्म साइन गरेपछि सुहाना उत्साहित देखिएकी छिन् । सुहानाले एउटा अमर कृतिमाथि बन्न लागेको फिल्ममा काम गर्न पाउँदा आफू खुशी भएको बबताइन् । यसैले, आफूले पहिलो पटक घर बाहिरको फिल्म साइन गरेको उनको भनाई छ । यो फिल्मको छायांकन फागुन महिनाबाट सुरु हुनेछ ।
आउँदो बर्षको दशैंमा फिल्म रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । यही नाममा ४५ बर्ष अगाडि प्रताप सुब्बाले फिल्म निर्देशन गरिसकेका छन् । यसपटक, फिल्मको प्रस्तुतीकरण र पटकथा फरक हुने दाबी निर्माता पोखरेलको छ । फिल्ममा सुहाना ‘गौँथली’को भूमिकामा देखिदैछिन् ।
प्रतिक्रिया