फिल्म ‘ह्रस्व दीर्घ’ रिलिज भएको दिनदेखि नै यो फिल्मकी निर्मात्री तथा नायिका नीता ढुंगानाको अनुहारमा विविधता देखियो । उनी, कहिले खुशी देखिइन्, कहिले आक्रोशित त कहिले चिन्तित । हुन पनि हो, ६ करोड लगानी गरेको फिल्मको व्यापारले उनलाई ठुलै फरक पार्ने थियो ।
तर, फिल्म रिलिज भएको दोस्रो साताको शनिबार भने नीता केही खुशी देखिइन् । उनले, आफ्ना श्रीमान् तथा फिल्मका नायक हरिहर अधिकारीलाई बल्ल धन्यवाद दिन भ्याइन् । नीताले हरिहरले आफूलाई प्रमाणित गरेको भन्दै खुशी व्यक्त गरिन् । भनिन्–‘तपाइले प्रमाणित गरेर देखाइदिनुभयो बुढा । आज बच्चादेखि बृद्धहरुको मुखमा हरिको नाम छ । सबैको माया पाउनुभएको छ । मेरो फिल्ममा यति राम्रो अभिनय गरिदिनुभएकोमा धन्यवाद ।’
नीताले यसो भनिरहँदा हरिहरलाई ‘आई लभ यू बुढा’ भन्न समेत भ्याइन् । यसो भन्दै गर्दा हरिहर भने लजाए । तर, पनि नीताको कुराले उनी खुशी देखिए ।
बक्स अफिस आँकडाको कुरा गर्ने हो भने पनि यो फिल्मले दोस्रो साताको शनिबारसम्म आइपुग्दा ६ करोड आसापासको ग्रस कलेक्शन गरेको छ । फिल्मले नेपालबाट लगानी उठाउने संभावना कम छ । तर, नीताले विश्व बजारबाट भने आफूहरु सुरक्षित भइसकेको तर्क गरेकी छिन् ।
प्रतिक्रिया