नायिका नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । यो फिल्मले ९ दिनमा ६ करोड ६९ लाखको ग्रस कलेक्शन गरेको आँकडा यसको निर्माणपक्षले सार्वजनिक गरेको छ ।
फिल्मले दोस्रो साताको शनिबारसम्म यो आँकडा पार गरेको निर्माणपक्षको भनाई छ । चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्मले लगानी मात्र सुरक्षित गर्न अझै ७ करोड माथिको व्यापार गर्नुपर्ने हुन्छ ।
नीता ढुंगानाको लगानीमा बनेको फिल्ममा हरिहर अधिकारीको कथा, कविरलालको छायांकन छ । फिल्ममा नीता र हरिहरको साथमा प्रदिप राउत, ब्रम्हानन्दम, विपना थापा, किरण केसी, प्रशान्त ताम्राकार, संचिता लुइटेल, रेखा थापा, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मले करिब ७ करोड ग्रस गर्दा नीताको हातमा भने २ करोड मात्र पर्ने देखिएको छ । यसैले, नीताले नेपालबाट मात्र लगानी सुरक्षित गर्न अझै ४ करोड शेयर हात पार्न आवश्यक छ । यसका लागि फिल्म अझै केही साता आक्रामक व्यापार गर्दै चल्नुपर्ने हुन्छ ।
प्रतिक्रिया