पलले किन गरे दुर्गेस र समीक्षाको तारिफ ?


फिल्म ‘रावायण’ असफल भएपछि नायक पल शाहलाई ठूलो धक्का लागेको छ । यसपछि, पललाई फिल्म ‘कल्ली’बाट निकालिएको खबर पनि सार्वजनिक भयो । यसले पललाई फेरि अर्को धक्का लाग्यो ।

निरन्तर नकारात्मक खबरले प्रसय पाउँदा नायक पल शाहको फिल्मी करिअरमा समेत असर परिरहेको छ । तर, अब पल शाह आफ्नो सोच र सम्बन्ध बदल्न चाहन्छन् ।
पलले हालै मात्र दिएको एक अन्तरवार्तामा पनि यो कुरा वुझ्न सकिन्छ । उनले, गायिका समीक्षा अधिकारी र गायक दुर्गेस थापाको बिषयमा बोलेको कुराले पनि यो कुरा वुझ्न सकिन्छ ।

पलले समीक्षालाई निकै राम्रो गायिका रहेको बताउँदै उनको सुन्दर भविष्यको कामना गरे । समीक्षा अहिले देश तथा विदेशमा लोकप्रिय रहेको बताउँदै आफूलाई खुशी लाग्ने पलको भनाई थियो ।

यस्तै, कुनै समयका कट्टर दुश्मन मानिएका गायक दुर्गेश थापाको बिषयमा पनि पल शाह सकारात्मक देखिए । उनले, दुर्गेश पनि स्टेज कार्यक्रममा निकै व्यस्त भएको भन्दै उनलाई पनि शुभकामना दिए । पलले, दुर्गेश र आफूले बहिनी रोशनी शाहको हातबाट टिका लगाएको समेत स्मरण गरे ।

पलसँग नाम चलेका नायिकाहरुले फिल्ममा काम गर्न चाहँदैनन् भन्ने चर्चा छ । पलले यो कुरा आफूले नसुनेको बताए । यदि, त्यस्तो हो भने ती नायिकाहरुको नाम आफूलाई भन्न आग्रह समेत गरेका छन् । पलले आफ्नो हातमा अहिले ३ वटा फिल्म रहेको पनि बताएका छन् ।