छायांकनमा रहेको फिल्म ‘जेरीः अन टप’मा महंगा कलाकारहरुको भीड छ । नायक अनमोल केसी र कलाकार केदार घिमिरे सर्वाधिक महंगा कलाकार हुन् । यी बाहेक नायिकाद्धय जसिता गुरुङ र आँचल शर्मा पनि महंगा नै छन् ।
यो फिल्मको छायांकन लुक्लामा सकिएको छ । अब, काठमाडौंमा नै छायांकन गर्ने तयारी निर्माणपक्षको छ ।
लुक्लामा रहेका नायक अनमोल केसी निकै उत्साहित देखिएका छन् । यो फिल्म अनमोलका लागि चुनौतीपूर्ण पनि छ । यो बर्ष उनी अभिनित फिल्म ‘फर्की फर्की’ बक्स अफिसमा औषत चलेको थियो ।
नेपाली फिल्म नगरी उच्च शेयरमा गइसकेको अवस्थामा अनमोलका लागि पनि ‘जेरीः अन टप’बाट आकर्षक कमाई गर्न आवश्यक छ ।
फिल्मको बक्स अफिस आँकडा अनमोलका लागि महत्वपूर्ण मानिएको छ । अनमोल पनि फिल्मको कथावस्तुबाट उत्साहित छन् ।
सुयोग गुरुङको निर्देशनमा सरोज न्यौपानेले निर्माण गरिरहेको यो फिल्म फागुनको २ गतेबाट रिलिज हुने बताइएको छ ।
प्रतिक्रिया