मोडल तथा नायिका करिश्मा श्रेष्ठले दिएको एक अन्तरवार्ताले नायक सलोन बस्नेतलाई पनि असर गर्यो । विशेषगरि, करिश्माले कुनै पनि व्यक्तिको नाम नलिई ‘आफ्ना पूर्व प्रेमी’ भन्दै दिएको अन्तरवार्ता सलोनतिर सोझियो । विशेषगरि, टिकटक प्रयोगकर्ताहरु सलोनमाथि खनिए ।
करिश्माले अन्तरवार्तामा पूर्व प्रेमीसँगको सम्बन्ध, बन्धन लगायतका बिषयमा कुरा गरेकी थिइन् । तर, नायक सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीले यो बिषयलाई सहजै तरिकाले किनारा लगाएका छन् ।
फिल्म ‘रंगी’को सेटमा भेटिएका सलोनले यो बिषयमा भने–‘मलाई नगरेको गल्ती मात्र आउँछ । यसपटक पनि यस्तै भएको हो । उहाँले पनि यो बिषयमा स्पष्टिकरण दिइसक्नु भएको छ ।’
सलोनले यसपटक निकै शान्त भएर आफूले यो बिषयलाई किनारा लगाएको तर्क गरे । भने–‘समस्याहरु जीवनमा आउँछन् नै । अहिले सबै कुरा सकिएको छ र हामी सबै शान्त छौं ।’ तर, यो कुराले आफूलाई केही तनाव दिएको उनको भनाई छ ।
आफूले फिल्म ‘रंगी’ बनाएपछि सबै कुराहरुलाई व्यवस्थापना गर्न सिकेको बताए ।
प्रतिक्रिया