कस्तो बन्यो सलोन र नम्रताको ‘रंगी’ ?


फिल्म ‘रंगी’को छायांकन २६ दिनमै सकिएको छ । एक महिनाको सेड्यूल लिएर छायांकनमा गएको फिल्मलाई ४ दिन अगाडि नै इन्डक्ल्याप गरिएको हो । सान्भी इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो फिल्मका प्रस्तुतकर्ता पनि सलोन नै हुन् ।

सुरेश न्यौपानेको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको मुख्य भूमिका छ । सक्षम सुवेदीको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेष भण्डारी र भीम बीसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ ।

फिल्मका प्रस्तुतकर्ता सलोन बस्नेतले फिल्म निकै नै राम्रो बनेको बताए । डेब्यू नायिका नम्रता पनि फिल्म राम्रो बनेको भन्दै आफू उत्साहित रहेको बताउँछिन् । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।