वैवाहिक जीवनमा बाँधिइन् गायिका दाहाल



गायिका स्मिता दाहाल आफ्ना प्रेमी सायुज्य श्रेष्ठसँग बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, शुक्रबार बिहे गरेकी हुन् ।
स्मिता पूर्वप्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी नातिनी हुन् ।

स्मिताको बिहेमा केही कलाकारहरुको पनि उपस्थिती छ । मुलपानीमा रहेको नर्लिङ रिसोर्टमा आयोजित बिहे समारोहमा हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, जितु नेपाल, केदार घिमिरे जस्ता कलाकारहरु पुगेका छन् । यस्तै, उनका आफन्त र परिवारका सदस्यहरुको उपस्थिती पनि नर्लिङ रिसोर्टमा छ ।

गायिका दाहालले गाएका केही गीतहरु चर्चामा छन् । उनले मायालु तिमी कता छौं, पानी करुवाको लगायतका गीतहरुमा स्वर भरेकी छिन् ।