दानमा पाएको जग्गामा पनि भ्रष्टाचार, तत्कालिन वडाध्यक्षसहित तीन जनाविरुद्ध पुनरावलोकनका लागि निवेदन


काठमाडौं– दानमा निशुल्क पाएको जग्गालाई किनेको भन्दै ६ लाख भुक्तानी गरेको आरोपमा विशेष अदालतबाट सफाइ पाएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत, लिखुपिके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखा प्रमुख जिवन सुबेदीले निःशुल्क रूपमा दानपत्रमा पास गरेको जग्गा सो विपरीत हुने गरी झुट्टा बिल भरपाईको आधारमा ६ लाख ६० हजार भुक्तानी गरेका थिए ।

तर, लेखा परिक्षण बेरुजु पश्चात ६० हजार रकम दाखिला भएको र बाँकी ६ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतमा दायर भएको मुद्दामा उनीहरु तीनै जनाले सफाइ पाएका थिए ।