फिल्म ‘पिताम्बर’ चैत्र २९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो ।
यो फिल्मको टिजर एक्सनप्रधान छ । अहिले नै फिल्मको कथाको सार टिजरमा खुलाइएको छैन । तर, टिजर हेर्दा यो बदलाको कथा हो भन्ने अड्कल लगाउन सकिन्छ । यो फिल्ममा स्टारहरुको लामो सूची छ ।
फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुरविर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव बिष्ट, आशिष पुरुष लगायतका कलाकारहरुको अभिनय छ ।
कृषा चौलागाइको निर्देशनमा तयार भएको फिल्ममा विशाल चौलागाइको लगानी छ । पुरुषोत्तम प्रधान, आध्या लामिछाने, आरोह चौलागाई सह–निर्माता रहेको फिल्ममा सुमन गौतम कार्यकारी निर्माताको रुपमा छन् ।
फिल्ममा प्रदीप भारद्धाज र अभिमन्यू निरवीको डीओपी, शेर बहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।
फिल्ममा आशिष अविरल, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । हिमाल केसीको एक्सन रहेको फिल्मको मेकिङ उच्च देखिएको छ ।
यो फिल्मको निर्माणका लागि ५ करोड माथिको बजेट लागेको बताइएको छ । फिल्मको टिजर अनुसार नै फिल्म बनेको भए यसले बक्स अफिसमा सुखद कमाई गर्न सक्छ ।
प्रतिक्रिया