‘कर्मा’मा एक्सन अवतारमा देखिए विपिन



नायक विपिन कार्कीलाई एक्सन अवतारमा प्रस्तुत गर्दै निर्देशक सौरभ चौधरीले फिल्म ‘कर्मा’को निर्माण गरेका छन् । चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको दुई वटा पोस्टर सार्वजनिक भएको छ ।

जहाँ, नायक विपिन कार्कीको यसअघि नदेखिएको गेटअप देख्न सकिन्छ । उनलाई एक्सन अवतारमा विल्कुलै फरक देखिएको छ ।

विपिनलाई कालो जिन्स र सुगठित शरीरमा देखाइएको छ । हातमा उनको सर्ट गन छ । यसले, उनी फिल्ममा बदलाको भावनाले ओतप्रोत भएको वुझ्न सकिन्छ यो फिल्ममा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव लगायतको अभिनय छ ।

फिल्ममा मुकुन भुषाल नेगेटिभ भूमिकामा छन् । आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा बसन्त लम्सालको लगानी छ ।

विपिनको यो गेटअपले पनि दर्शकमाझ फिल्मप्रति उत्सुकता बढ्ने देखिन्छ ।