काठमाडौं – लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक गरिएको छ। सुदीप अधिकारी र शान्ती श्री परियारको स्वर रहेको यो गीत सुदीप अधिकारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको शब्द र संगीत सुदीप अधिकारीले तयार पारेका हुन् भने कमल सौरागले संगीत संयोजन गरेका छन्। कुमार राना मगरले मिक्सिङ र मास्टरिङको जिम्मा सम्हालेका छन्, र खुमन राना तथा सुमन रानाले रेकर्डिङ गरेका छन्।
भिडियोमा ओवी रायमाझी र जुना विश्वकर्माले अभिनय गरेका छन्। गाउँको प्राकृतिक परिवेशमा खिचिएको भिडियोमा ग्रामीण जीवनशैली, प्रेम, पीडा र भावनात्मक संवाद समेटिएको छ। सुदीप बरालको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्।
लेकबेसी, गोठालो, पानी पँधेरो जस्ता ग्रामीण दृश्यसँगै प्रेममा परेको जोडीको सम्बन्ध, टाढिनुको पीडा र प्रेमिल संवाद गीत र भिडियोको मुख्य भाव हो।
गीतमा नेपाली गाउँले जीवनशैली र युवायुवतीबीचको प्रेमलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।
प्रतिक्रिया