भोलिबाट रिलिजमा आउन लागेको फिल्म ‘ऊनको स्विटर’ कस्तो होला ? राजधानीमा बुधबार आयोजना गरिएको प्रिमियरमा धेरैले यसको जवाफ पाए । तर, हलमा दर्शकले जवाफ पाउन भने बाँकी नै छ । भोलि फिल्म चलेपछि दर्शकको प्रतिक्रिया स्पष्ट रुपमा आउनेछ । तर, फिल्मको प्रिमियरमा भने तारिफ भइरहेको छ ।
नविन चौहानको डेब्यू निर्देशनमा तयार भएको यो फिल्म हेर्नका लागि विभिन्न क्षेत्रका हजार बढी मानिसहरुको उपस्थिती बुधबार बेलुकी बीग मुभिजमा थियो ।
प्रिमियरमा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद सोभिात गौतम, सांसद विनिता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, नायक दयाहाङ राई, नायिकाहरु केकी अधिकारी, अञ्जना बराइली, निर्देशकहरु ज्ञानेन्द्र देउजा, दिनेश राउत, नवल नेपाल लगायतको उपस्थिती थियो ।
यस्तै, फिल्मका मुख्य कलाकारहरु विपिन कार्की, मिरुना मगर, परिक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई पनि प्रिमियरमा उपस्थित थिए । प्रिमियरमा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी पनि उत्साहित देखिए ।
फिल्म हेरेका अधिकांशले यसको कथावस्तु, प्रस्तुति, लोकेशन, छायांकनपक्ष, कलाकारहरुको अभिनय र निर्देशक चौहानको कामको तारिफ गरे । फिल्मले प्रेमलाई यस्तो शैलीमा पनि भन्न सकिन्छ भनेर देखाएको अधिकांशको प्रतिक्रिया थियो ।
फिल्म ‘कर्मा’ असफल भएपछि केही चिन्तित देखिएका विपिनलाई यो फिल्मले उठाउने देखिएको छ । विपिन पाएको प्रतिक्रियाबाट उत्साहित छन् ।
सुजन चापागाँइ र झुमा लिम्बुको गीत फिल्मको शक्तिशाली पाटो हो । फिल्मलाई गीतले जुरुक्कै उचालिदिएको छ ।
आर्टमाण्डु प्रा.लिको व्यानरमा निर्माण भउको यो फिल्मको छायांकन पाँचथर र फालेलुङ क्षेत्रमा गरिएको छ । फिल्मको लोकेशनका कारण पनि दर्शकका लागि यो फिल्म विशेष हुने देखिन्छ ।
प्रतिक्रिया