नायक राज कटुवाल र नायिका सनिषा भट्टराई फिल्म ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको प्रचारमा यी दुई कलाकार लागिपरेका छन् । फिल्ममा समावेश ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत हिट भएपछि यो फिल्मप्रति दर्शकको ध्यान खिचिएको छ ।
यसैबिच, फिल्मका नायक कटुवाल र नायिका भट्टराई बालबालिकाहरुसँग भेटघाट गर्न पुगेका छन् । लुभुमा रहेको भ्वाइस अफ चिल्ड्रेन आश्रममा पुगेर उनीहरुले बालबालिकासँग साक्षात्कार गरे ।
बालबालिकाहरुले पनि सनिषा र राजसँग फिल्मको बिषयमा कुराकानी गरेका थिए । कतिपय बालबालिकाले सनिषा र राजसँग अटोग्राफ समेत लिएका थिए ।
आश्रममा ‘नरसिंहाः अवतार’को टिमले बालबालिकाहरुलाई खाद्यान्न, लत्ताकपडा, खेलकुदका सामाग्री समेत वितरण गर्यो ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीर शाह, प्रशान्त ताम्राकार, नीति शाह, सरोज खनाल, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मबाट सिंगो फिल्म क्षेत्रले आशा गरेको छ ।
महानायक राजेश हमालको कमब्याक फिल्म भएकाकारण पनि दर्शकहरु फिल्मबाट उत्साहित देखिएका छन् ।
प्रतिक्रिया