‘महाराजधिराज’मा वर्षाको प्रवेश



फिल्म ‘महाराजधिराज’मा नायिका वर्षा सिवाकोटीको प्रवेश भएको छ । परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको यो फिल्मलाई विराज विष्टले निर्माण गर्न लागेका हुन् ।

वर्षा र निर्माणपक्षले फिल्मका लागि कागजी संझौता नै गरिसकेका छन् । फिल्मको छायांकन केही दिनमा नै सुरु हुँदैछ ।

फिल्म ‘महाराजधिराज’को शिर्ष भूमिकामा नायक पल शाहले काम गर्ने पक्का भइसकेको छ । वर्षा र पलले फिल्म ‘विर विक्रम २’मा पनि पर्दा शेयर गरेका थिए ।

फिल्ममा नायकद्धय रमेश उप्रेती र आर्यन सिग्देल, कलाकार जयकिशन बस्नेत फाइनल भइसकेका छन् ।

फिल्मलाई यो वर्षको दशैंको फूलपातिमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ । फिल्मको कथावस्तुको बारेमा केही पनि बोलिएको छैन ।

तर, फिल्मको एआई पोष्टर रिलिज भएपछि चर्चामा आएको थियो ।