‘रिमै’को प्रदर्शन मिति तय



नायक दयाहाङ राई र नायिका रिश्मा गुरुङको फिल्म ‘रिमै’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई भदौको २७ गतेबाट रिलिजमा ल्याउने तयारी यसको निर्माणपक्षको छ ।

खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुक सहित प्रदर्शन मिति तय गरिएको हो । निर्माणपक्षले फिलमको तीन पोस्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक पोष्टरमा मुख्य कलाकारहरु दयाहाङ राई, रिस्मा गुरुङ, गौमाया गुरुङ, अर्पण थापा, माओत्से गुरुङ, पुस्कर गुरुङ लगायतलाई स्थान दिइएको छ । यो फिल्ममा वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकारहरु असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा शैलेन्द्रध्वज कार्कीको छायांकन छ । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घलेको लगानी छ । फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, मित्र डी गुरुङको सम्पादन छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण भएको हो ।

फिल्मको कथावस्तुले दर्शकको मन छुने अपेक्षा गरिएको छ ।