काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने नीतिगत निर्णय गर्ने माधवकुमार नेपालविरुद्ध त्यसबेला मुद्दा चलाइएको थिएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित बाबुराम भट्टराई, तत्कालीन मुख्यसचिव लीलामणि पौड्याललाई उन्मुक्ति दिइएको थियो ।
तर पतञ्जलीको जग्गा प्रकरणमा भने माधव नेपाल फसेका छन् । एकीकृत समाजवादीले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको टिप्पणी गरेको छ । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पहिलो प्रतिक्रिया दिएका हुन् ।
भ्रष्टाचार मुद्दाले डामिएपछि माधव नेपालको राजनीतिक भविष्य धरापमा परेको छ । बल्ल मुद्दा दायर भएकाले यसको किनारा लाग्न महिनौं लाग्न सक्छ । त्यसबेलासम्म नेपाल कुनै पनि सार्वजनिक कार्यक्रम र पार्टी गतिविधिमा सरिक हुन पाउने छैनन् । एकीकृत समाजावादीले एमालेमा विद्रोह गरी नयाँ पार्टी खोलेको रिस ओलीले माधव नेपालविरुद्ध पोखेको अनुमान गरेको छ ।
प्रतिक्रिया